धरान (शारदा श्रेष्ठ) । विद्यार्थीहरुका लागि नोबेल प्राइज भनेर चिनिने हल्ट प्राइज (Hult Prize) केन्द्रीय प्रविधि क्याम्पस, धरान मा पहिलो पटक हुने भएको छ। चरण बद्ध हुने यस कार्यक्रमकाे अन क्यम्पस इभेन्ट केन्द्रीय प्रविधि क्यम्पस मा हुन लागेको हो। यसको विजेता लाई १ मिलियोन अमेरिकी डलर नगद ले सामान गरिने छ।

हरेक वर्ष हल्ट प्राइज फाउन्डेसन, संस्टेनेवल डेभ्लोप्मेन्ट गोल्स (SDGS) मा रहेर सामाजिक व्यवसायी लाई प्रोत्साहन गर्दै चुनौती घोषणा गर्दछ र उक्त चुनौती भित्र रहेर प्रतियोगी आफू प्रस्तुत हुनु पर्ने छ। यो बर्ष भने “कोभिडले गर्दा बेरोजगार भएका मानिहरूलाईलाई कसरी रोजगार दिन सकिन्छ” भन्ने चुनौती रहेको छ। केन्द्रीय प्रविधि क्याम्पसमा हल्ट प्राइज (Hult prize at Central Campus of Technology) मा नेपाल भरीका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पर्ने कलेजमा स्नातक तथा स्नतकोत्तर अध्यनरत विद्यार्थीहरू ले तीन या चार जनाको एउटा समूह बनाई भाग लिन पाउने छन्। अन क्याम्पस प्रोग्रामको विजेताले रिजनल को लागि प्रतिस्पर्धा गर्ने छन्। अघिल्लो वर्ष भने रिजनल नेपाल मै भएको थियो। प्रतिस्पर्धीहरुको लागि विभिन्न ट्रेनिङ वर्कशप सेमिनार हरु प्रधान गरिने गर्दछ।


२०२१/२०२२ को लागि क्याम्पस डाइरेक्टर मा केन्द्रीय प्रविधि क्याम्पसमा खाद्य प्रविधि तेश्रो वर्षमा अध्यनरत समिक्षा पौडेल छानिएकि छिन्। अन्य थुप्रै विद्यार्थी ले निवेदन दिएको मध्ये अन्तरवार्ता लिएर उनलाई हल्ट प्राइज फाउन्डेसनले क्याम्पस डिरेक्टर मा नियुक्त गरेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x