विराटनगर । विराटनगरको अरनिको माध्यमिक विद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् ।

परीक्षाफल राम्रो नआएको भन्दै बिहीबार १२ कक्षाका विद्यार्थीले तोडफोड गरेका हुन् । विद्यार्थीले तोडफोड गर्दा झ्यालका सीसाहरु फुटेका छन् । विद्यार्थीले तोडफोड गरेपछि विद्यालयमा प्रहरी पुगेको थियो । प्रहरी पुगेपछि अवस्था सामान्य बनेको छ ।

प्रिन्सीपल राजेश कार्कीले कक्षा १२ का विद्यार्थीले कक्षा ११ को परीक्षामा कम अंक दिएको भनी तोडफोड गरेको र केही कक्षाकोठाको सीसा फुटेको बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x