धरान । इटहरीमा निजी तथा सामाजिक क्षेत्रको अगुवाईमा सञ्चालित अक्सिजन सहितको ८० शैय्याको आइसोलेसनका लागि दाताहरुबाट स्वतस्फुर्त लाखौं रुपैयाँ सहयोग जुटेको छ ।

इटहरी–१० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा संचालित आइसोलेसन सेन्टरका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट नगदसहित जिन्सी तथा खाद्यान्न सहयोग जुटेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए । आइसोलेसनका लागि नेपाल युवा उद्यमी मञ्च सुनसरीले नगद ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै इटहरी वितरक संघले नगद १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । इटहरी जेसिजको तर्फबाट १ लाख २७ हजार नगद सहयोग जुटेको जनाइएको छ । कस्मेटिक मनिहारी संघ इटहरीको तर्फबाट नगद १ लाख २१ हजार र सुनचाँदी व्यवसायी संघका तर्फबाट नगद १ लाख १ हजार सहयोग प्राप्त भएको जनाइएको छ ।

यस्तै होटल व्यवसायी संघ इटहरीले १ लाख ११ हजार र मदिरा व्यवसायी संघ इटहरीले १ लाख १ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको अध्यक्ष पौडेलले जानकारी दिए । आइसोलेसन निर्माण र संचालनका लागि बिभिन्न सहकारी तथा व्यवसायिक संस्थाहरुबाट नगद बाहेकका अन्य विभिन्न सहयोग पनि प्राप्त भएको मारवाडी सेवा समिति इटहरीका उपाध्यक्ष मुकेश अग्रवालले बताए ।

उनले इटहरी–२० मा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाका तर्फबाट तीन महिनाका लागि र इटहरीमै रहेको तमोर डेरी उद्योगले एक महिनाका लागि दुध तथा दुग्धजन्य पदार्थ आइसोलेसनका लागि निःशुल्क प्रदान गर्ने घोषणा गरेको बताए ।

झापामा रहेको हिमालयन लस उद्योगले २६ हजार रुपैयाँ बराबरका सुपारीको पातबाट बनेका विभिन्न प्रकारका प्याकेजिङका समान सहयोग गरेको छ । व्यत्तिगत रुपमा पनि नगद सहयोग प्राप्त भइरहेको जनाइएको छ ।

उद्योग वाणिज्य संघ इटहरीको संयोजन तथा नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च सुनसरी, श्रीकृष्ण प्रणामी मन्दिर, इटहरी जेसिस र मारवाडी सेवा समिति इटहरीको सहकार्यमा आइसोलसन संचालन भएको हो ।

तीन तले भवनमा सञ्चालित सुविधा सम्पन्न आइसोलेसनमा प्राविधिक रुपमा डाक्टर र नर्ससहितको सुविधाका साथै संक्रमितलाई खाना र बस्ने सुविधा रहेको छ । यसका साथै विभिन्न खेलकुदका सामाग्री, पढ्नलाई पुस्तक, उच्चगतिको इन्टरनेट र टेलिभजनको सुबिधा, आइसोलेसनमा निशुल्क एम्बुलेन्स सेवा र नोबेल मेडिकल कलेजसँगको सहकार्यमा ७ सय ५० रुपैयामा पीसीआर जाँच गर्ने सुबिधा प्रदान गरिएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x