धरान । धरान १० शैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो पहिलो सदस्य सेवा केन्द्रको विहीबार उद्धघाटन गरेको छ ।

धरान ५ स्थित देउरालीमा सदस्य सेवा केन्द्रको औपचारिक रुपमा उद्धघाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सोही वडाका वडाध्यक्ष सन्तोष लिम्बुले सदस्य सेवा केन्द्रको रीबन काटेर उद्धघाटन गर्नु भएको हो । वडाध्यक्ष लिम्बुले सहकारीमा सबैले खाता खोलेर सेवा लिन सम्पुर्ण ५ नम्बर वडाबासीलाई आग्रह गर्नुभयो । व्यवस्थित तरीकाले सहकारीमा आवद्ध भएमा वडाबासीको भविष्यमा आइपर्ने आर्थिक समस्याहरु सहज हुने उहाँले बताउनुभयो । उहाँले ५ नं. वडामा रहेका सम्पूर्ण संघ संस्थाहरुको शान्ति सुरक्षाको सवालमा सदैब आफु पनि लागि पर्ने बताउँदै निर्धक्क भएर काम गर्न आग्रह गर्नुभयो ।

सहकारीका व्यवस्थापक जित बहादुर राउतले प्रदेश कार्यलयबाट ५ वटा सेवा केन्द्र सुचारु गर्न पाएको अनुमति अनुसार पहिलो सेवा केन्द्र देउरालीमा सुरु गरीएको बताउनुभयो । ४ वटा सेवा केन्द्र प्रदेश एकको विभिन्न स्थानमा सुरु गरिने बताउनुभयो । उहाँका अनुसार उद्यमशील सहकारी प्रदेश स्तरमा गएको धरानको पहिलो सहकारी हो ।

सहकारीका अध्यक्ष डा.योगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा धरान ५ का वडा सदस्य कुमार देवान, हेम कुमारी विक, पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रा.लि.का डा.भवानी भट्टराई, बराह डेन्टल केयरका अध्यक्ष सरस्वति सुवाल, सहकारीका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उद्घघाटन कार्यक्रमको समापन गर्दै अध्यक्ष राईले अन्य वित्तिय क्षेत्रमा जतिसुकै कारोबार गरेपनि मालिक हुन नपाइने तर सहकारीमा कारोबार गर्दा मालिक हुन सकिने बताउनुभयो । सहकारीमा सदस्य भइसकेपछि अधिकार, दायित्व सबै बराबर हुने र आफै मालिक हुन सकिने उहाँको भनाई थियो ।

उद्धघाटनको अवसरमा १ सय ३ जनाले निःशुल्क रुपमा बचत खाता खोलेको छ । ३१ जना शेयर सदस्य समेत थपिएका छन् । जसबाट ४ लाख ५ हजार ५ सय शेयर रकम जम्मा भएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x