इटहरी । ४ महिना देखि इटहरी ५ जनता बस्ति निवासी मालति राइ बेरोजगार थिइन । इटहरी उपमहानगरले दुइदिन सिप मुलक तालिम प्रदान गरेपछि हाल उनले गाउमै रोजगार पाइन । दुइदिन प्राप्त तालिम पश्चात हाल उनि आफ्नै घर अघाडी स्वादिलो दुनट बनाएर बिक्री गर्दै दैनिक १५शय सम्म कमाउन थालेकि छिन ।

त्यस्तै सोहि वडाकि सुशिला राइले पनि अहिले गाउमै रोजागारीको शिर्जना गरी आफै आत्मनिर्भर बनिने प्रयत्न थालेृकि छिन । उनले उपमहानगरबाट २ दिन भक्का बनाउने तालिम लिएकि थीइन । उनि पनि अहिले बिहान बिहानै भक्का बनाएर घर अघाडी नै बिक्री गर्न बस्छिन । यसो गर्दा दैनिक रू ५ शय सम्म कमाइ हुने गरेको उनि बताउछिन ।

इटहरी उपमहानगर अन्तरगत उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तरगत विपन्न समुदायका महिलाका लागि दुई दिने डोनट, भक्का र पकौडा बनाउने तालिम दिएपछि १६ जना महिलाहरू अहिले आफै आत्मनिर्भर बनिन थालेका छन । कसैले भक्का , कसैले दुनट त कसैले पकौडा बनाएर गाउमै बिक्री बितरण गर्न थालिसकेका छन ।

व्यवसायलाइ थप सहजता बनाउन उपमहानगरले नै आवश्यक पर्ने भाँडा,ताई,आरी,जग,झाँभर,बाल्टी,चिम्टा,तेल पीठो प्रदान गरेको थीयो ।उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले सामग्री प्रदान गर्दै महिला दिदीबहिनीलाई आत्मनिर्भर बन्न शुभकामना व्यक्त गरेँका थीए ।

उपप्रमुख गौतमले परिवार धान्न समस्या परिरहेका दिदी बहिनीहरूले गरिखाने अवस्था सृजना गर्न उपमहानगरले तालिम प्रदान गरी सामग्री समेत उपलब्ध गराएको बताइन ।तालिम र व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सामग्री प्राप्त गरेपछि मालती राईले भनिन् “घरैमा त्यतिकै बस्नुभन्दा डोनट बनाएर बेच्दा नुन तेल खान पुग्ने रहेछ ।” इटहरी उपमहानगरले सञ्चालन गरेको डोनट,भक्का र पकौडा बनाउने तालिममा २७ जना महिलाको सहभागिता थियो ।ती मध्ये १६ जनाले तालिम पछि डोनट, भक्का र पकौडा बनाएर बेच्न सुरु गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x