मोरङ । विराटनगर महानगरपालिकामा एक युवकलाई अपहरण गरी परिवारजनसँग १० लाख फिरौती माग्ने तीन जनालाई आइतबार जिल्ला प्रहरी मोरङले पक्राउ गरेको छ । विराटनगरस्थित दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र विराटनगर ६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्मालाई पक्राउ गरिएको हो ।

विराटनगर १८ खोक्साका २३ वर्षीय शुभाष कामतलाई उनीहरुले शनिबार दिउँसो १ः३० बजे अपहरण गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । ‘कामत कामविशेषले दरैयातिर गएको समयमा उनकै मोटरसाइकलमा पण्डित र यादवले अपहरण गरेर सन्ध्याको घरमा लगेर राखेका थिए,’ उनले भने, ‘अपहरितका भाइ विकास कामतले जानकारी गराएपछि तत्काल खोजतलास गरी विराटनगर ६ रामपुरस्थित सन्ध्या र दीपक शर्माको घरबाट शुभाषको उद्धार गर्यौं ।’

अपहरणकारीहरुले परिवारजनसँग १० लाख फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । पक्राउ परेका तीन जनालाई अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान भइरहेको राईले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x