धरान। नेपाली कांग्रेस तरुण दल सुनसरी सभापति युवानेता सीजन गुरुंग लकडाउनको बेला पनि राहत वितरणमे सक्रिय रूपमा लागी पर्दै आएका छन्।

जेष्ट २ गते बाट नै गुरूङ व्यक्तिगत पहलमा राहत वितरण गरिरहेका छन्। उनले आर्थिक अभावले खाधान्यमा समस्या देखा परेका हरूलाई राहत वितरण गरेका हुन्।

प्रतिव्यक्ति १० केजी चामल १प्याकेट नुन,२केजी आलु,१केजी दाल,१प्याकेट खाने तेल वितरण गरेको गुरूङले जानकारी दिए। घरको गेटमा राहत राख्छन् भने खान आवश्यकता भएकाहरू घरको गेटमा लिन पुग्छन्।

गुरूङले दिनहु ४०० केजी चामल ४०/५०प्याकेट नुन,४०/५० केजी दाल,४०/५०प्याकेट खाने तेल र ८०/९०केजी आलु लगभग विवरण भएको बताउँछन्। गुरूङको यो सहयोगले गरीब दुखीहरूको चुलोमा आगो बलेको छ। आम समुदायलाई प्रेरित गर्ने एक उदाहरणिय कार्य गरेको पाइन्छ।

लकडाउनका कारण भोकभोकै बसेकाहरूलाई आफ्नो कर्तव्य ठानेल कुनै लोभ, राजीनितक फाईदा वा चर्चा कमाउनका लागि नभई पार्टी, धर्म, जातजाति, समुदाय, समूह वा पक्षभन्दा माथि उठेर, राखेर देशलाई आफूभन्दा माथि यो विषम परिस्थीतिमा मानवीय सेवा ने धर्म हो सोचेर कार्य गरेको गुरूङ बताउँछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x