कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने उदेश्य राखेर चतराधाम स्थित जगद गुरु पिठ क्षेत्र सेनिटाइज गरिएको छ । वराहक्षेत्र १ मा रहेको उक्त क्षेत्र नेपाली कांग्रेस मार्फत सेनिटाइज गरिएको हो ।

प्रदेश नं १ कै प्रसिद्ध तिर्थ स्थलको रुपमा रहेको जगद गुरु पिठमा वटुक , बुद्धहरु समेत बस्ने र मानिसहरुको चहल पहल समेत हुने भएकाले पिठ सेनिटाइज गरेको सेनिटाइज अभियानका संयोजक नेपाली कांग्रेस क्षेत्र नं ४ का सचिव रमेश कार्कीले बताए ।

संयोजक कार्कीका अनुसार पिठको भाषमा ५० केजि आलु तथा सेनिटाइजर र माक्स समेत प्रधान गरिएको थियो । सेनिटाइजसंगै नेपाली कांग्रेसका नेताहरु नेपाल महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ , क्षेत्र नं ४ का सचिव रमेश कार्की , वराहक्षेत्र नगर सभापति नारायण नेपाल लगाएतले नेपाल राष्ट्रका प्रथम जगद गुरु बालसन्त मोहन शरण देबाआचार्यसंग देशको समसामयिक बिषयमा छलफल समेत गरेका थिए ।

३२ दिनदेखि कोरोना नियन्त्रणमा सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज , पौष्टिक तत्ब प्रदान गर्दै आएको नेपाली कांग्रेसको टोली संक्रमितको घरमा पुगेर पारासिटामोल र भिटामि सि सहित आवश्य परे अक्सिजनको समेत ब्यवस्थापन गर्न थालेको छ ।

अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रमा राखेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x