धरान ः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धरान उपमहानगर समितिको आसन्न निर्वाचनमा सहसचिव पदमा कमला रुचालले आफ्नो उम्मेद्वारी घोषणा गरेकीछिन् ।
रुचालले धरानमा रहेका दलित नेता कार्यकर्ताहरुको उपस्थितिमा किशोरा राई समूहबाट सहसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकीहुन् ।
सवै जात, धर्म, लिङ्ग, महिला, जनजाति, दलितहरुको सामूहिक समावेशी चरीत्रको उम्मेद्वारहरुले मात्र संविधानको मुलभूत अन्तर विषय वस्तुलाई समेत अंगिकार गर्न सफल भएको उनको भनाई छ ।


नेपाल दलित संघ, धरान नगर समितिको आयोजना, जिल्ला तथा केन्द्रको समेत प्रतिनिधिहरुको उपस्थितिमा २० वटै वडाका नव निर्वाचित दलित क्षेत्रीय प्रतिनिधीहरुको भेलाले सह–सचिव पदमा कमला रुचाललाई अघि सारेको थियो ।
भेलामा नेपाल दलित संघ धरान उपमहानगर अध्यक्ष गणेश परियार, जिल्ला सचिव विजय अछामि, केन्द्रीय सदस्य गोविन्द दर्नाल, नेपाल महिला संघ केन्दीय विभाग सचिव लक्ष्मी खतिवडा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस धरान उपमहानगर समितिमा किशोर राई समुहको नेतृत्वलाई विजयी गराउन अभियान चलाउने निर्णय समेत गरिएको भेलामा सहभागी गणेश परियारले बताए ।


यस अघि नै किशोर राईको प्यानलबाट सचिवमा रुक्मिणा गौतम (कोपिला) ले आफ्नो उम्मेदवारी घोषणा गरिसकेकीछिन् ।
यता श्याम पोखरेल समूहको पुरै प्यानल नै उम्मेदवारी घोषणा भइसकेको छ । किशोर राई समूहको प्यानल घोषणा केही दिन भित्र गर्ने तयारी भईरहेको सचिवालय सदस्य सुदिप उप्रेतिले जानकारी दिएकाछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x