वराहक्षेत्र । वराहक्षेत्र १० स्थित प्रकासपुर युबा जमात दोस्रो भेरियन्टको कोरोना भाइरस नियन्त्रणमा सक्रिय पुर्बक लागि रहेको छ । प्रकासपुरका सक्रिय युबाहरुको छाता संस्थाको रुपमा स्थापित युबा जमात २९ दिन देखि कोरोना नियन्त्रण कार्यमा वराहक्षेत्र ९ र १० नम्बर वडावासीसंग सहकार्य गरेर लागि परेको हो ।

सार्वजनिक स्थानमा सेनिटाइज गरेर सुरु भएको जमातको अभियान सुरक्षाकर्मी , सक्रमित , धार्मिक क्षेत्र, जोखिमका क्षेत्रमा सेनिटाइज , स्वास्थ्य सामाग्री बितरण, राहत बितरण संगै हाल सम्म वराहक्षेत्र ९ र १० का प्राय सबै घरमा सेनिटाइज गरी सकेको छ ।

संक्रमितहरुलाइ पौष्टिक तत्व ज्वरो तथा अक्सिजन लेभल चेकजाँचसंगै र आवश्यक भए सम्म चिकित्सकको सल्लाह अनुसार अौषधी उपलब्ध गराउदै आएको जमातले वराहक्षेत्र १० नम्बरको वडा कार्यलयलाई अक्सिजन समेत हस्तान्तरण गरेको छ ।

विभिन्न दाताहरु तथा मोरङ्ग -सुनसरी सेवा समाजबाट उपलब्ध ४० लिटरकोको अक्सिजन सहीतको ५ थान सिलिन्डर , ३ थान अक्सिजन रेगुलेटर, ५ थान अक्सिजन माक्स, ५ थान, माक्स ५० थान सर्जिकल माक्स र २ थान अक्सिमिटर आइतबार वडा नं १० का अध्यक्ष महेन्द्र खत्रीलाई हस्तान्तरण गरीएको युबा जमातका अध्यक्ष तेजबहादुर गुरुङ्गले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x