–लोकराज निरौला


धरान । धरान–१४ र १५ को संगम स्थलमा रहेको खत्री धारा दाह संस्कार स्थलमा कोरोना संक्रमणबाट मृत्यु भएकाको दाह संस्कार गरिएकोमा स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका छन ।


२०७८ बैसाख २३ गते धरान–३ की एक महिला कोरोना संक्रमणबाट मृत्यु भए पछि खत्री धारामा शव जलाई अन्तिम दाह संस्कार गरिएको थियो । कोरोना संक्रमित महिलाको शव जलाएर दाह संस्कार गरेको कुरा थाहा पाए पछि स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका हुन् ।


कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार आÏनो जातीय परम्परा धर्म संस्कार अनुसार गर्न पाउनु पर्ने भएता पनि मावन वस्ती नभएको स्थानमा चार कोशे झाडीमै शव जलाउने व्यवस्था गरेको ठाउमै शव जलाउनु पर्ने ब्यवस्था हुनु पर्ने स्थानिय पर्वत राईले बताएका छन ।


यो भन्दा अगाडी कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको शव गाडेर अन्तिम दाह संस्कार गरिदै आएको भएता पनि पनि यस पटक आ–आÏनो जातीय धर्म परम्परा अनुसार अन्तिम संस्कार गर्न भारत लगायत नेपाल सरकारले अनुमति दिएकोले शव जलाएर अन्तिम दाह संस्कार गरिएको मृतकका आफन्तजनले बताएका छन । दाह संस्कारमा संलग्न झिगु समाजका कर्मचारीको स्वास्थ्य परिक्षण हुनु पर्ने स्थानियले बताएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x