धरान : कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक एक वृद्धको शव फेला परेको छ ।

प्रहरीका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा वृद्धको शव फेला परेको हो ।

ती वृद्ध विराटनगर–५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मीनकुमार आचार्यले बताए ।

सोमबार बेलुका मोटरसाइकलमा चढेकै अवस्थामा उनको शव फेला परेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

उनी मोटरसाइकलमा चढेकै अवस्थामा घोप्टो परेर ढलेका छन। जुत्ता पनि लगाएकै अवस्थामा भुइँमा टेकिएको देखिएको छ ।

वडाध्यक्ष आचार्यका अनुसार न्यौपानेको शव बेलुका ८ बजे फेला परेको हो । उनको शरीरमा चोटपटक छ भने लुगा च्यातिएका छन् ।

‘घटना रहस्यमय देखिन्छ, दुर्घटनापछि कसैले लगेर मोटरसाइकलमै राखिदिएको हो कि भन्ने आशंका छ,’ उनले भने ।

वृद्धको शवको मुचुल्का उठाएर पोस्टमार्टमा लैजाने तयारी प्रहरीले गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x