धरान : जिल्ला प्रहरी कार्यालय खोटाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका दुई युवालाई पक्राउ गरेको छ।

खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले दिएको जानकारी अनुसार हलेसी तुवाचुङ नगरपालिका(७, हलेसीकी ३८ वर्षीय सानीका राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको आरोपमा प्रहरीले स्थानीय दुई युवा पक्राउलाई गरेको हो ।

गत साउन १३ गते राति करिब १० बजे सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको आरोपमा सानीकाकै दिदीको छोरा २८ वर्षीय टिशन राई र सोही स्थानका २७ वर्षीय मने भनिने कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाहीको लागि प्रहरी हिरासतमा राखिएको एसपी लम्सालले जानकारी दिए । पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरिएको जनाइएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका टोलीले उनीहरूलाई मङ्गलवार दिउँसो ३ बजे आ(आफ्नै घरमा लुकिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको प्रहरीको भनाई छ।

“पक्राउ परिएका उनीहरू दुवै जनाले घटनाबारे स्वीकार गरिसकेका छन् , लम्सालले भने, “उनीहरूले प्रयोग गरेको धारिलो हतियार खुकुरी र रगत लागेको कपडा समेत सार्कीको घरबाट बरामद गरिएको छ ।”

खुकुरी प्रहारबाट गम्भीर घाइते सानीकाको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको उनका आफन्तले बताएका छन् । घटनापछि जिल्लास्थित स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि बिएण्डबी अस्पताल ललितपुर पुर्‍याएको सानीकाको शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

घटनापछि बेहोस अवस्थामै अस्पताल पुर्‍याइएको सानीकाको स्वास्थ्य अवस्था पछिल्लो समय सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरे पनि माइती घर बस्दै आएकी सानीकाको टाउको, हात, चिउँडोलगायत शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको बुझिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x