–लोकराज निरौला


कोरोना भाइरस कोभिड–१९ नियन्त्रण रोकथामका लागि २०७७ चैत्र ११ गते देखि पहिलो पटक सम्पूर्ण देश बन्दा–बन्दी हुदा स्थानिय तहका सरकारहरुले विपन्न परिवार घर बहालमा बसेर दैनिक ज्यालादारी मजदुर र यातायात मजदुरका लागि खाद्यन्न राहत वितरण गरेका थिए । राहत घर बहालमा बसेर दैनिक ज्याला दारी मजदुरी गरी खाने र यातायात मजदुरका लागि भनिए पनि शहर बजारमा दुईवटा घर बहालमा लगाउने, बैदेशिक रोजगारमा रहेर राम्रै कमाई गरेर पैसा पठाउने जसो तसो खान पुग्ने परिवार तीन तोलाको गहना लगाएर ५० हजारको आई फोन बोक्नेहरु नै राहत थाप्न तछाड मछाड गर्न थाले पछि वास्तविक मर्कामा पर्ने बर्ग र परिवारका सदस्य सम्म न्यूनतम खाद्यन्न राहत पु¥याउन निकै कठिन भएको थियो ।


स्थानिय तहहरुले आÏनो साधन श्रोत स्थानिय साहु महाजन समाजसेवी शिक्षक कर्मचारीहरुबाट यस्तो राहतको व्यवस्था गरेको भएता पनि यो सबैका लागि सरकारले पठाएको राहत हो भन्दै राहतको आवश्यक्ता नपर्ने ब्यक्ति र परिवारले राहत पाउनु पर्ने भन्दै झगडा गरेका थिए । यसरी जन प्रतिनिधिहरु स“ग झगडा गरेर थापेको राहतलाई कतिले जा“ड पकाउन हुन्छ कुखुरा परेवालाई दिन हुन्छ समेत भन्न पनि भ्याए ।


अहिले कोभिड १९ को दोस्रो कहर बढ्दै जादा सुनसरीमा २०७८ बैसाख १९ गते देखि भएको बन्दा–बन्दीका कारण धेरै घर बहालमा बस्ने दैनिक ज्यालादारी गर्ने मजदुर विपन्न परिवारहरु रोगले भन्दा भोकले मरिने भो भन्ने चिन्तामा पर्न थालेका छन ।


धरान–१५ मा घर बहालमा बस्ने कन्चन परियार साहुको कपडा पसलमा काम गर्छिन उनको मासिक तलब १० हजार छ ४ हजार घर भाडा बुझाउनु पर्छ रहेको ६ हजारले उनको सात जनाको परिवारलाई खाने र हेरचाह गर्ने गर्नु पर्दछ दैनिक ज्यालादारी काम भएको बेला अलि अलि भाइहरुले पनि सघाउछन तर कोभिडको बन्दा–बन्दी शुरु भए पछि बन्दा–बन्दीको भेलाको तलब साहुले दिएनन भने घर बहाल कसरी तिर्ने के खाएर बाच्ने होला यो बन्दा–बन्दीको कति लम्बिने हो भन्ने चिन्ताले सताई रहेको छ । बन्दा–बन्दी शुरु भए देखि आफुलाई रोगले भन्दा पनि भोकले मरिन्छ होला भन्ने चिन्ताले सतँएको उनी बताउ छिन । धरान १५ मै टेलर्स ब्यबसाय गर्ने बीर बहादुर परियार पनि बस्ने घर आÏनै भए पनि टेलर्स ब्यवसायको घर बहाल महिनाको चार हजार बुझाउनु पर्दछ ठूलो परिवार भएकोले दैनिक खर्च पनि धेरै छ । वर्षा याममा टेलर्समा सिलाइको काम त्यति आउदैन त्यस माथि पनि बन्दा–बन्दीले गर्दा काम नै आउदैन अन्य आन्दामीको श्रोत नहुदा उनी पनि कसरी जिविका चलाउने होला भन्ने चिन्ताले नै सताएको छ । यातायात मजदुर लक्ष्मण कोइराला सार्वजानिक सवारी साधन बन्द भए पछि धेरै यातायात मजदुरका परिवारलाई दैनिक गुजरा गर्न कठिनाई भएको बताउ छन ।


यसरी आर्थिक रुपमा अति विपन्न परिवार यातायात मजदुर दैनिक ज्याला दारी स्थानिय स्तरमा पहिचान गरी उनीहरुका लागि न्यूनतम साद्यन्न राहत स्थानिय तह समाज सेवी साहु महाजन इच्छुक दाताहरुले अप्ठयारो बेलामा सहयोग पु¥याउदा मानवताको महानता हुने धरान–१५ का गणेश कुमार इवारमले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x