वराहक्षे । वराहक्षेत्र – १ स्थित स्थानीय स्वर्गीय विरमाया स्मृति फाउण्डेशनद्बारा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । शनिवार नेपाल रेडक्रस सोसाइटी सुनसरीसंगको समन्वय बोलमव धर्मशालमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

समाजसेवा र मानव सेवा कार्यका सक्रिय फाउण्डेशनले दोस्रो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कोभिट महामारीमा मानव सेबामा फाउण्डेशनले यस अगाडि न्यून आय भएका परिवार र मजदुरलाई खाद्यन सहयोग गरेको थियो ।

शनिवार अौलिया मठ तथा छिन्नामस्त संरक्षण समितिसंगको सह-कार्यमा आयोजना भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सुनसरीका सभापति उमेश थापा रहेका थिए । रक्त सेबाको क्षेत्रमा काम गरिरहेको रेडक्रस नियमित रगत पुर्ति गर्न समस्या हुने गरेको थापाले बताए । उनले भने हाल बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा दैनिक ४०-५० आवश्यक पर्छ तर आपुत्ती गर्न समस्या छ । नियमित रक्तदान हुन सकेका छैनन् । कोरोनले पनि समस्या बनाएको छ । उनले भन्ने नियमित रक्तदान र रगत दान गर्ने कार्यमा जोड दिन आव्हान समेत गरे । कार्यक्रममा जिल्ला उप- सभापति डम्बरप्रसास सिग्देल , वराहक्षेत्र उप- साखा सभापति अोमकुमार शर्मा, , वडा नं १ अध्यक्ष सुरेस श्रेष्ठ , वडा सदस्य शुशिला शेर्पा त्यस्तै समाजसेवी ममता तामाङ्ग , सुरेन्द्र तामाङ्ग , कृष्ण कट्टल , रमेश कार्की , अनु गुरुङ, ईश्वर थापा, लक्ष्मी मालाकार , अनु गुरुङ, सन्त राई , तुलसी श्रेष्ठ लगाए कार्यक्रममा बिशिस्ट अतिथि तथा अतिथि रहेका थिए ।
कोभिट महामारीको समस्या रक्ता दान कार्यक्रम नभएको र रगतको मात्र न्यून हुँदै गएकाले रक्तदान कार्यक्रम गरिएको स्वर्गीय विरमाया स्मृति फाउण्डेशनका अध्यक्ष मनोज तामाङ्गले बताए । मानव सेबा गर्न उदेश्य राखेर रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष तामाङले बताए ।

फाउण्डेशनमा अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अोपचारीक कार्यक्रमको सञ्चालन स्थानीय राजा तामाङले गरेको थियो । सोही कार्यक्रममा फाउण्डेशको तर्फबाट संरक्षण समितिलाइ ५ थान कुर्सी समेत प्रदान गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x