धरान : छोटो भिडियो साझेदारी साईट टिकटकमा आएपछी धेरैको जिन्दगी सुध्रियो भने धेरैको जिन्दगी नराम्ररी बिग्रीएको पनि उदाहरणहरु छन् । यहि कुरालाई जोड दिदै अर्को खबर बाहिरिएको छ । टिकटकबाट चर्चामा आएकी झापाकी ट्विन्स गर्ल स्मारिका र समारिका ढकाल पछिल्लो समय ब्यस्त छन् । तर, विबाह बन्धनमा बाधिएकी स्मारिका ढकालको सम्बन्ध भने बिछेद भएको छ ।

स्मारिकाको पति बिबेक अधिकारीले टिकटक लाईभमा आएर यो कुरालाई आधिकारिकता दिएका हुन् । यी २ बिचको सम्बन्धमा खटपटी चलिरहेको छ भनेर केही समयदेखी टिकटकमा खुबै चर्चा भैरहेको थियो । तर, आधिकारिकता भने बाहिरिएको थिएन ।

स्मारिकाले बिछोडका भावमा टिकटक केही मात्रामा धेरै बनाउन थालेपछि धेरैले उनको डिभोर्स भएको आन्कलन गरेका थिए । अहिले सो अड्कल सत्य सावित भएको छ । आफू चर्चामा आएपछि परिवारको कुरा नमानेको तथा श्रीमानलाई बेवास्ता गरेको भन्दै धेरैले स्मारिकाको आलोचना समेत गरेका थिए । तर, यी सबै कुरा गलत रहेको अधिकारीले खुलाएका छन् । आफुहरुले सहमतिमै डिभोर्स गरेको बताएपनि के कारणले डिभोर्स भएको हो भन्ने कुरा भने उनले खुलाएनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x