धरान ः प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरीले “तपाईको माक्स खोई ?“ भन्ने सचेतनामूलक कार्यक्रमको अभियान प्रदेश १ भर िचलाएको छ ।

हाल विश्वको कतिपय मूलुकहरूमा कोरोना भाइरसको दोस्रो लहर शुरू भइसकेको र नेपालमा समेत यसको प्रभाव पर्न गइ संक्रमितहरूको संख्या दिन प्रतिदिन बढदै गइरहेको हुँदा यस भाइरसको न्यूनिकरण गर्ने उदेश्यले प्रदेश ट्राफिक प्रहरीले प्रदेश नं १ का १४ वटा जिल्लामा “तपाईको माक्स खोई ?“ भन्ने सचेतनामूलक कार्यक्रमको अभियान चलाएको हो ।

प्रदेश नं १ मा अस्थायी ७३ र स्थायी १९ वटा गरी ९२ वटा युनिटमा संचालन रहेका छन्। जसमा कार्यरत रहेका रहेका ४ सय १० जना ट्राफिक प्रहरीले आज बिहान १० बजे एकै समयमा सडकमा मास्क नलगाएका पैदल यात्री र सवार िसाधन चालकहरुलाइ कोरोना भाइरसको संक्रमण बाट वच्न अनिवार्य रुपमा मास्कको प्रयोग गरौं भन्ने जानकारीका साथ मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न सामाजिक संघ संस्थाहरुबाट उपलब्ध भएका १६ हजार ९ सय ५५ थान माक्स सडकमा मास्क बिना पैदल यात्रा र्गे यात्री र चालकहरुलाई वितरण गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x