धरान । नेपाल तरुण दल सुन्दर हरैँचा कार्य समितिले आज बृहत रक्तदान कार्यक्रम गरेको छ ।

तरुण दल सुन्दर हरैचाँका सभापति मिलन श्रेष्ठको संयोक्त्वमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा १ सय ५८ पिन्ट रगत संकलन भएको थियो । सभापति श्रेष्ठले कोरोनाको महामारी र लकडाउनको कारणले विभिन्न स्वास्थ्य संस्थामा रगतको अभाव भैरहेको खबर आईरहेको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल तरुण दलले बृहत रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । सभापति श्रेष्ठले जनताका हरेक सुख–दुःखमा तरुण दलले साथ दिने साथै जनताको हरेक समस्यामा तरुण दल साथ रहने बताउनुभयो ।

देशभर कोरोनाका कारण लकडाउन भएसँगै तरुण दल सुन्दर हरैचाँ नगर कार्य समितिले राहत वितरण, संक्रमित व्यक्तिको घर–घरमा पुगेर स्यानिटाईजर छर्कने, मास्क वितरण गर्नुका साथै चिकित्सक सहितको जनचेतना फैलाउने काम गर्दै आएको तरुण दलका नेता कुन्दन ढुंगानाले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x