दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको सिनेमा ‘तिमीसँगै हुने मन छ’मा मुम्बईका रोहित सुचान्तीले अभिनय गर्ने भएका छन्। महावीर जैन कलेज मुम्बईबाट ब्याचलर गरेका रोहित अभिनय र ट्राभलमा रुचि राख्छन्। रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखेंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलका मुख्य अभिनेता हुन्। उनले रियालिटी शो बिग बोस १२ मा समेत भाग लिएका थिए।

‘तिमीसँगै हुने मन छ’मा यसअघि नै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छन्। दर्शकले यी दुईको जोडी सिनेमाको पर्दामा छिट्टै देख्न पाउनेछन्। चैतको पहिलो हप्ताबाट छायांकनमा जान लागेको सिनेमामा अन्य कलाकारहरु भने केही दिनपछि फाइनल गरिने जानकारी प्राप्त भएको छ। ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा प्रेमकथामा आधारित हुनेछ। निर्देशक दीवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा सिनेमेटोग्राफर, कोरियोग्राफर, मेकअप म्यानलगायत प्राविधिक टोली बलिउडबाट झिकाउने बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x