काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहाल–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच देउवानिवास बुढानिलकण्ठमा २० मिनेट संवाद भएको छ ।

भेटवार्ताको क्रममा प्रतिनिधिसभा पुनःस्थापनापछि हुनसक्ने सम्भावित सत्ता सहकार्यको विषयमा छलफल भएको छ । छलफलका क्रममा दाहाल-नेपाल समूहले शेरबहादुर देउवालाई सरकार बनाउन आफूहरूलाई साथ दिन आग्रह गर्नुभएको छ ।

जवाफमा देउवाले आफूहरूले पार्टीमा छलफल गरेर मात्र निर्णय दिने बताएको देउवानिकट स्थायी समिति सदस्यले जानकारी दिनुभयो । उहाँका अनुसार दाहाल-नेपाल समूहले सत्ता सहकार्यका लागि अनुरोध गरेका छन् । नेपाली कांग्रेस नेकपाको दुवै पक्षसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने देखिएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार जुन पक्षसँगको वार्ता बढी फलदायी हुन्छ, कांग्रेसले उसैसँथ सत्ता सहकार्य गर्नेछ ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको सरकार ढल्ने अवस्थामा छ । अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएसँग ओली नेतृत्वको सरकारको अवधि अब दुई साता मात्र भएको टिप्पणी गर्न थालिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x