धरान । धरानका मेयर तिलक राईले प्रतिकुल मौषमको समेत प्रवाह नगरी कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएकालाई धन्यवाद दिनुभएको छ ।

मेयर राईले आज सामाजिक सञ्जालमा एक धन्यवाद सन्देश लेख्दै हिजो (आईतबार) बेलुका ६ बजे देखि रातको साढे १० बजेसम्म प्रतिकुल मौषमको समेत प्रवाह नगरी संक्रमितको शव व्यवस्थापनमा खटिएका नेपाल आर्मी, धरान उपमहानगरका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नगर प्रहरी प्रमुख विष्णु कोईराला, जेसिभिका प्रोपाईटर पवन अग्रवाल, शवबाहन चालक भक्तबहादुर रोक्का, जेसिभीका अपरेटर लगायतका टिमलाई दिनुभएको हो । साथै, उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न धरान उपमहानगरपालिका लागिरहेको पनि जानकारी दिनुभएको छ । ‘आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग रहने अपेक्षा गरेको छु,’ उहाँले भन्नुभएकोेछ ।

मेयर राईले कोरोना महामारीको यो दोस्रो लहरबाट जोगिनका लागि आम नगरबासीलाई सचेत र सजग रहन पनि आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा यो पनि लेख्नु भएको छ, ‘गत वैशाखयता धरानमा कोरोना महामारीको दोश्रो लहरबाट १९ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । यस्तै कोरोना संक्रमितको संख्या पनि ९ सय ३३ जना पुगेको छ । कोरोना संक्रमणबाट निधन भएका नगरबासी नागरिक प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, यस भाइरसबाट संक्रमित नगरबासी नागरिकमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x