धरान । धरान वडा नं. ५ स्थित रहेको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ ।

सोमबार धरान उपमहानगरपालिका परिसरमा संघिय सरकारको शसर्त अनुदान अन्र्तगत कृषि समुहलाई १० थान विषादी छर्ने स्प्रे ट्याङ्की र ४ थान एग्रोनेट (तरकारीजन्य खेती लगाएको ठाउँको लागि उपयोगी बार) प्रदान गरिएको हो । उक्त सामग्री मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले हस्तान्तरण गर्नु भएको थियो ।

मेयर राईले कृषि पेशाप्रती आकर्षण बढ्दै गएको बताउँदै स्प्रे ट्याङ्की र एग्रोनेटको सहि ढंगबाट सदुपोग गर्न आग्रह गर्नुभयो । मेयर राईले उक्त सामग्री एकलौटी नभई समुह अर्थात छरछिमेकमा बाडेर चलाउन पनि सुझाव दिनुभयो । धरान उपमहानगरका कृषि शाखा अधिकृत नगेन्द्र तामाङले संघिय सरकारको शसर्त अनुदान अन्र्तगत कृषि शाखामा ९ लाख रुपैयाँ बजेट आएको जानकारी दिनुभयो । सोही बजेट अन्र्तगत धरान ५ मा रहेको खैरेनी कृषि समुहलाई १ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री आज हस्तान्तरण गरिएको अधिकृत तामाङले बताउनुभयो । अन्नबालीमा लाग्ने रोग र कीरा मार्न प्रयोग गरिने जैविक विषादी छर्न स्प्रे ट्याङ्की र किसानहरुले लगाएको तरकारी खेतीका लागि एग्रोनेटले ठुलो मद्दत गर्ने अधिकृत तामाङको भनाई छ । खैरेनी कृषि समुहमा ४८ जना छन् । कृषि समुहका किसानहरुले उक्त सामग्री पाएपछि खुशी व्यक्त गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x