धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार विराटनगर-१५ मोरङका ५६ वर्षीय पुरुषको गए राति साढे ९ बजे मृत्यु भएको हो ।

वैशाख ७ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई नोबेल अस्पताल विराटनगरबाट रेफर गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा वैशाख ९ गते भर्ना गरिएको थियो ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा हिजो एकै दिन ३ जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

हिजो बिहान ७ बजेर १५ मिनेटमा जनकपुर-८ धनुषा बस्ने ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो भने दिउसो विराटनगर-१२ मोरङका ७५ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x