धरान । धरानमा कोभिड १९ संक्रमण तिब्र गतिमा फैलिएको भन्दै यसलाई रोकथाम तथा नियन्त्रण गर्न केही दिनसम्म भिडभाड हुने स्थान र कोरोना संक्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङ गरिने भएको छ ।

बिहीबार उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर दैनिक रुपमा वृद्धि हुँदै गएको कारण यस्तो निर्णय गरेको हो । बैठकले शुक्रबार दिउँसो २ बजे धरान उपमहानगर परिषरमा भेला भएर संयुक्त रुपमा धरानका भिडभाड हुने स्थान बजार तथा मुख्य चौकहरुमा अनुगमण गर्ने पनि निर्णय गरेको छ । साथै, आजदेखि नै माईकिङ गर्न पनि थालेको छ भने मास्क अनिवार्य लगाउन पनि सचेतना गर्ने भएको छ । यस्तै, भानुचौक लगायत धरानको मूख्य चौकहरुमा निजि सवारी साधनहरुलाई पार्किङ गर्न पनि नदिने निर्णय भएको छ । मेयर तिलक राईले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर भयाभय स्थिति बन्दै गएको बताउनुभयो । दुई, चारदिनपछि पनि स्थिति जस्ताको तस्तै रह्यो भने फेरि सर्वपक्षीय छलफल बसेर थप कडाईका साथ लकडाउन गर्न बाध्य हुने उहाँले बताउनुभयो । बैठकमा उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुर प्रसाद खनाल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x