धरान (संगिता राई) । धरान उपमहानगरमा रहेका कोरोना सङ्क्रमितहरूलाई आजदेखि स्वास्थ्य परामर्शसँगै घर घरमा पुगेर उनीहरूलाई चाहिने अत्यावश्यक औषधीहरू पुर्याउन थालिएको छ ।

धरान उपमहानरपालिकाको स्वास्थ्य महाशाखाले कोरोना संक्रमितहरुलाई आज (शुक्रबार)देखि माक्स, सेनिटाइजर वितरण गर्नुका साथै पौष्टिक आहार सम्बन्धी परामर्श दिन थालिएको महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिनुभयो । स्वास्थ्य महाशाखाले अहिलेसम्म धरानमा रहेका ५ सय ७० जना सक्रिय सङ्क्रमितहरूलाई यो सेवा घर घरमै पुगेर दिन थालेको महाशाखा प्रमुख मेहेताले बताउनुभयो । उहाँका अनुसार संक्रमित विरामीहरुलाई जिउ, टाउको दुख्ने र ज्वरोको औषधी, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीहरू, भिटामिन सी, जिङ्क चक्की, हेण्ड स्यानिटाइजर, मास्क लगायतका सामाग्री वितरण गरिने छ । उक्त सेवा दिनका लागि आजबाट २४ सै घण्टा उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य संस्थाका २७ जना स्वास्थ्यकमीहरु परिचालन गरिएको छ । स्वास्थ्य टोलीले घर घरमै पुगेर सङ्क्रमितहरूलाई स्वास्थ्य परामर्श दिनुका साथै सङ्क्रमितहरूको मनोबल बढ्ने स्वास्थ्य महाशाखाले जनाएको छ ।

होम आइसोलेसनमा बसेका संक्रमित विरामीहरूलाई स्थानीय निकायले वास्ता नगरेको जनगुनासो आइरहेको बेलामा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले यस्तो अभियान सुरु गरेको हो । धरानमा गएको वैशाख महिना यता १६८८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५७० जना रहेको छ । संक्रमणका कारण २९ जनाले ज्यान गुमाएका छन् । यस्तै, धरान उपमहानगरपालिकाले बनाएको हरियाली सामुदायिक वनको आईशोलेशनमा ५ जना रहेका छन् भने विजयपुर अस्पतालको आईशोलेसनमा ३ जना रहेका छन् । साथै, वीपी प्रतिष्ठिानको कोभिड आईशोलेसनमा १३ जना संक्रमित विरामीहरु रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x