धरान । नेकपा धरानका एक दर्जन कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार धरान २ स्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस वडा नं. ८ बुथ समितिको संयोजकद्वारा आयोजित कार्यक्रममा नेकपा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । नव प्रवेशी कार्यकर्ताहरुलाई नेपाली कांग्रेस धरानका नगर सभापति एवं मेयर तिलक राई, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, कांग्रेस सुनसरी जिल्लाका सचिव सुजेन्द्र गोल तामाङ, कांग्रेस महासमिति सदस्य पर्वत राई लगायतका नेताहरुले खदा तथा अबिर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेताहरुले कांग्रेसले सधै हौसला हुने काम मात्र गर्ने बताएका छन् । नव प्रवेशीहरुलाई कुनैदिन पनि कांग्रेस प्रवेश गरेकोमा पश्चताप नहुने भन्दै नेताहरुले आश्वसन दिएका छन् । नव प्रवेशीहरु कमला राई, रुपा भूजेल, एलिशा तामाङ, तारा राई, देवि मंग्राती, सिता मंग्राती, रेनु विश्वकर्मा, सुमित्रा तामाङ, रिना गुरुङ, प्रेम राई र अनुश राईले पार्टी प्रवेश गरेको कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x