संगिता राई
धरान : विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले आज धरानमा पनि सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

धरान- १० स्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरबाट निस्किएको ५ विद्यार्थी संगठनको विरोध प्रर्दशन भानुचौकमा पुगेर कोणसभा परिणत भएको थियो ।

प्रदर्शनकारी विद्यार्थी र प्रहरीबिच सामान्य मूठभेठ भएको थियो । प्रर्दशनकारी विद्यार्थीहरुले भानुचौकमा प्लेकार्ड प्रर्दशन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत दहन गरेका थिए ।

महङ्गी, कालोबजारी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, शैक्षिक, संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले संयूक्त रुपमा विरोध जनाएको महेन्द्र बहुमुखी क्याम्पस धरानका नेवि संघ इकाई कावा सभापति दोर्चि शेर्पाले जानकारी दिए ।

कोणसभामा नेवि संघ सुनसरीका सभापति मन्दिप भट्टराई, अखिल क्रान्तिकारी सुनसरीका अध्यक्ष बुद्रोस लिम्बु, महेन्द्र बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी इकाई अध्यक्ष रविन श्रेष्ठ, अनेरास्ववियू सुनसरीका सचिव आशिष प्रधान, समाजवादी विद्यार्थी यूनियनका नेता सागर सरगम चेम्जोङ लगायत विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।

आज देशभर नै ५ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रर्दशन गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x