धरानमा विश्वकै दोस्रो अग्लो हिमाल चढ्ने नेपाली आरोही निर्मल पुर्जासहितको टोली र चर्चित गायक राजु लामा, नायिका मेलिना जोशीहरुलाई भव्य स्वागत

धरानः धरानमा चर्चित गायक राजु लामा, धरानकी बासिन्दा नायिका मेलिना जोशी र विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा चढ्ने निर्मल पूर्जासहितको टोलीलाई भव्य स्वागत गरिएको छ ।
भोलि हुने धरान रनको कार्यक्रममा सहभागी हुन उनीहरु धरान आएका हुन् । उनीहरुलाई होटल गजुर प्यालेसको भवनदेखि भानुचोक (धरान रनको कार्यालयसम्म) सम्म बाजागाजासहित सडकै हिँडाइएको हो । उनीहरुलाई पञ्चेबाजा र ढोलझ्याम्टासहित सडकै हिँडाइएको थियो । उनीहरु बाटोमा चण्डी नाच देखाउँदै हिँडेका थिए ।

यस्तै, गत वर्षमात्रै सगरमाथासहित ८ हजार अग्ला विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जासहितको टोलीलाई पनि भव्य स्वागत गरिएको थियो । म्याग्दीका पुर्जासहित १० नेपाली आरोही शनिबार दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल ९८,६११ मिटर० मा पाइला राख्न सफल भएका थिए ।


उनीहरुलाई अध्यक्ष रमु राईलगायत रनको समूहले भव्य स्वागत गरेको थियो । भोलि धरान दौडिँदैछ । प्रतियोगितामा भारतका कालिङपुङ, सिक्किम, मिरिक र ग्वाटी र नेपालका जुम्ला, सर्लाही, काठमाडौं, ललितपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ र झापा साथै आर्मीबाट सहभागिता रहने जनाइएको छ ।

Video From Dharan Run Official Facebook Page.
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x