धरान | पछिलाे समय धरानलाई केन्द्र बनाएर विभिन्न नाट्य समुहसँग आवद्द भएर रंगमञ्चमा लागि लागिपरेका युवा रगंकर्मिहरुले सामुहिक नाटक गर्ने भएको छ ।युवा रंगकर्मिहरुको ह्वाइट हाउस इन्टरनेशनल कलेजको सेमिनार हलमा भएको परिचयात्मक चियापान कार्यक्रम सो निर्णय गरेको हो ।

कोभिड १९ को कारण सुनसान बनेको चलचित्र घर, नाटकघर चलायमान हुन थालेपछि धराने युवा रगंकर्मिहरु नाटकघरको अभाव बिच सामुहिक नाटक गर्ने भएको हो । उक्त कार्यक्रममा सामुहिक नाटकसँगसगै आगामी दिनमा एक अर्को नाट्यसमुह बिच सहकार्य गरेर अगि बढ्ने भएको छ ।
धरानमा रहेको नाटकको पुरानो पुस्ता र नयाँ पुस्ता बिचको खाँडल साथै नाट्य सँस्थाहरु बिचको दुरि मेटाउनलाई सामुहिक नाटक गर्न लागेको रंगकर्मि मिलन चाम्लिङ राईले बताए ।
कोरोनाको कारण पछिल्लो समय सुस्ताएको धरानको रंगमञ्च पुन चलायमान बनाउनु नाट्य समुहगत नभै सबै रंगकर्मि एकैठाँउ उभेर नाटक गर्नु पर्ने महशुस भएको कारण सामुहिक नाटक गर्न लागेको रंगकर्मि हरि
इवाहाङ लिम्बुले बताए । यसरी सबै नाट्य समुह मिलेर नाटक गर्दा धरानमा बसेर रंगकर्ममा लागि परिरहेको युवाहरुले अपनत्व महशुस गर्ने नि बताए ।
पछिल्लो समय धरानमा धरान नाटकघर निर्माणाधिन रहे पनि निर्माण सम्पन्न नभएसम्मको लागि बैकल्पिक नाटकघर आवश्यक रहेको महशुस भएको अर्का रंगकर्मि शान्तिराम राईले बताए ।

उक्त परिचयात्मक चियापान कार्यक्रममा पछिल्लो समय धरानमा कृयशिल नाट्य समुह रंगभुमि एकेडेमि, आराम्भ नाट्य डबली , अनाम नाट्य समुह, साहारा थिएटरको पछिल्लो पुस्ताका युवा रंगकर्मिहरुको उपस्थिति रहेको थियो । भने धरानको नाटकको इतिहास माथि चर्चा गर्दै पछिल्लो समयको नाटकको माहोल समन्धि छलफल भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x