धरान । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखाले कोरोना संक्रमित कर्मचारीहरुको कोरोना बिमा बापतको रकम धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईुलाई हस्तान्तरण गरेको छ ।

शाखाका प्रमुख प्रतिक श्रेष्ठसहितको टिमले आज धरान उपमहानगर प्रमुख राईलाई कार्यकक्षमै भेटेर ४० जना कर्मचारीहरुको कोरोना विमा बापतको रकम हस्तान्तरण गरेको हो । धरान उपमहानगरपालिकाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखासँग कोरोना बीमाको सम्झौता गरेको थियो । जस अन्तर्गत ४० जना कर्मचारीहरुलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । शाखाले ४० जना कोरोना संक्रमित कर्मचारीहरुको ४० लाख रुपैयाँको चेक नगर प्रमुख राईलाई हस्तान्तरण गरेको हो । उक्त ४० लाख रुपैयाँको चेक नगर प्रमुख राईले प्रमुख प्रशासकिय अधिकृत विदुर खनाललाई हस्तान्तरण गर्नु भएको छ ।

नगर प्रमुख राईले कोरोना बीमा वापतको रकम प्राप्त हँुदा नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई काम गर्न प्रेरणा मिलेको बताउनुभयो । हरेक मानिसले स्वास्थ्यको विमा गर्न जरुरी रहेको उहाँले बताउनुभयो । ईन्स्योरेन्स प्रति मानिसको विश्वास बढेको बताउँदै नगर प्रमुख राईले प्रशंसा गर्नुभयो । नगर प्रमुख राईले आगामी दिनमा पनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग सहकार्य गर्दै जाने बताउनुभयो ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखाका प्रमुख श्रेष्ठले बाँकी रहेका कर्मचारीहरुको कोरोना विमा बापतको रकम चाँडै नै उपलब्ध गराउने जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x