धरान । धरान उपमहानगरपालिकाको ८ औं नगर सभा नगर प्रमुख तिलक राईको अध्यक्षतामा सम्पन्न भएको छ ।

नगर सभामा संघसंस्था दर्ता सम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको छ । आज सम्पन्न भएको ८ औं नगर सभाले उक्त विधेयक पारित गरेको हो । यस्तै सभाले विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहरुको समायोजन संशोधन गर्ने पनि निर्णय गरेको छ । विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहरुको समायोजन संशोधन गर्ने पनि निर्णय गरेको छ । उक्त संशोधन कार्यान्वयन हुँदा कार्यअवधि ५ वर्ष पुरा भएका र योग्यता भएकाहरुलाई एक तह बढुवा (वृत्ति विकास) हुनेछन् ।

यस्तै, सभाले सार्वजनिक लेखा समितिको अर्ध वार्षिक प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ । लेखा समितिले केही बेरुजु पेस्कीहरु फछ्यौट गर्न सिफारिश गरेको थियो । उक्त सिफारिश अनुसार केही बेरुजु पेस्कीहरु पनि फछ्यौट भएको खतिवडाले जानकारी दिए । यसैगरि, न्यायिक समितिको कार्य सम्पादन सम्बन्धी ऐनमा केही बुँदाहरु पनि संशोधन पारित गरेको छ भने यो बर्ष बिनियोजन गरिएको बजेट तथा कार्यक्रमहरु संशोधन, रकमान्तर गरिएको छ ।

यस्तै नगर प्रमुख राईले भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको बारेमा सम्बोधन गर्दै लगत संकलन गर्न म्याद थपको लागि पत्रचार गर्ने र कार्यान्वयनमा तत्काल लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सभाले भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लगत संकलनको म्याद थप गर्न भुमी आयोगलाई पत्राचार गरिने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x