धरान । धरान उपमहानगरपालिकामा आज शोक विदा दिइएको छ ।

उपमहानगरपालिकाको सरसफाई शाखामा कार्यरत सफाईकर्मी बाबुराम पौडेलको हिजो दिउँसो फोहोर विसर्जन गर्न जाने क्रममा धरान ८ स्थित ट्याक्टरबाट खसेर मृत्यु भएको थियो । उनको निधनमा उपमहानगरपालिकाले आज एक दिन शोक विदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो । अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै कार्यालयहरु बन्द रहने सुचनामा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x