धरान । सेवा,साधना तथा सत्संगलाई आफनो मुल मन्त्र बनाई योग,ध्यान,प्रणयाम र सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएका अन्र्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङद्धारा खाद्यान्न वितरण भएको हो ।

संस्थाको सुनसरी धरान स्थित रहेको सो शाखाले सोमबार धरान ५ तल्लो देउराली स्थित सुकुम्बासी बस्तीमा रहेको लकडाउनबाट प्रभावित ५८ घर परिवारलाई उक्त खाद्यान्न सहयोग गरेको हो ।

संस्थाको नेपालस्थित काठमाडौमा रहेको कार्यालय र धरान स्थित रहेको सुनसरी जिल्लाकी संयोजक पार्बती श्रेष्ठको आर्थिक सहयोगमा उक्त प्रभावित दैनिक गरिखाने बर्गका मानिसहरुलाई ५२ हजार रकम बराबर खाद्यन्न सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थाकी सम्योजक पार्बती श्रेष्ठका अनुसार उक्त खाद्यन्न राहतमा प्रति परिवार १० केजि चामल, एक केजी दाल, एक लिटर तेल, एक केजि न्युटेला,र बिस्कुट हस्तान्तरण गदै आएको बताइन।

गत साल पनि संस्थाले कोरोना महामारिले गर्दा लकडाउन भए संगै सबै क्षेत्र पनि वन्द भए पछि खाद्यन्न प्रदान गरेको थियो । उक्त खाद्यन्न बितरणका लागी धरान ईग्लीस बोर्डिङ स्कुलका अध्यक्ष दिनेश जिमी,स्थानीय पत्रकार बिनोद दर्नाल लगायतले सहयोगी भुमिका खेलेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x