धरान(✒संगिता राई)धरानमा पहिलो पटक सिल गरिएको १३ वडामा अहिले अवस्था संक्रमित हुने क्रम केही हद सम्म नियन्त्रण भएको छ । जेष्ट ९ गते देखी १५ गतेसम्म लागू हुने गरी सिल गरेको १३ वडा अध्यक्ष नेत्र प्रसाद काफ़्ले बताएका छन ।

यस वडामे संक्रमित संख्या ४८ जना प्रोजेटिभ देखियो भने संक्रमित भएर मृत्यु हुने १ जना ४८ बर्षको पुरुष छन । स्थानीय बासीमा ज्वरो रुघाखोकी जस्ता लक्षणहरु देखा पर्न थालेकोले थप संक्रमित देखिने क्रममा स्थानीय बासीहरू बेवास्था गरी घर बाहिर हिंडडुल गर्न थालेपछि वडा र स्थानीयकै निर्णयमा सिल गरिएको छ ।

बिहान ४ बजे देखी ७ बजे सम्म कृषि बजार खुलेको तर खुद्रा व्यापार नभएको, आवश्यक परेको खण्डमा होम डेलिभरीको सुविधा रहेको छ । बैशाख ३१ जिल्ला प्रशासनको ५ बुंदे निर्णय अनुसार सागसब्ज़ी,फलफूल होम डेलिभरि सुबिधा मार्फत हुन्छ।

औषधीजन्य समान किन्न जॅादा संबन्धित निकायको आवश्यक कागजपत्र हेरी छूट दिने गरिएको छ । र, सुरक्षामा खटिएक़ा सुरक्षाकर्मीलाई खान-पानको व्यबस्था पनि गरिएको छ।

सिल गरेपछि केही हद सम्म संक्रमित संख्या नियंत्रित भएको अनुमान गरेको छन। सिल निषेध आज्ञा प्रभावक़ारी देखिएको छ। जेठ १५ सम्मको निषेधआज्ञा कहिले खुला हुने अहिले तत्काल निर्णय नभएको, यदि खुल्ला गर्ने अवस्था भएमा जिल्ला प्रशासन र उपमहानगर संगको समन्वय गरी निर्णय लिने अध्यक्ष काफ्लले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x