धरान । धरान ३ स्थित चिनियाँ चौकदेखि चौबिसे समाज सम्म निमाण हुने जल्पा रोड तथा ढल निर्माणको सोमबार शुभारम्भ गरिएको छ ।

जल्पा रोड तथा ढल निर्माणको प्रदेश एकका प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठ, धरान उपमहानगरका प्रमुख तिलक राई र सोही वडाका वडाध्यक्ष आशा कुमार श्रेष्ठले विधिवत रुपमा पुजा गरेर संयूक्त रुपमा सडक तथा ढल निर्माणको शुभारम्भ गरेका हुन् । नगर गौरवको योजना अन्र्तगत परेका जल्पा रोड तथा ढल निर्माणको सम्झौता ०७७ माघ २२ गते भएको थियो । ठेकेदार कम्पनीसँग ०७८ माघ २२ गतेभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । सडक ३ सय ९० मिटरको छ । उक्त सडक नगर गौरवको आयोजना अन्र्तगत २ करोड ३७ लाखमा ठेक्का लागेको हो । सडक तथा ढल निर्माणको ठेक्का भूमि/स्वामी नारायण जेभीले लिएको छ । डे«नसहित ३० फिट चौडाई भएको कालोपत्रे सडक बन्नेछ ।

प्रदेश सभा सदस्य श्रेष्ठले लामो समयपछि सडक निर्माण हुन लागेको भन्दै यस सडकले वडा नं. ३ को शुन्दरता बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठेकेदार पनि धरानकै रहेको छ, अवश्य नै समय भन्दा चाडै निर्माण सम्पन्न गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ उहाँले ठेकेदारसँगै सडक वरिपरिका स्थानीयबासीलाई बाटो निर्माणमा एकजुट भएर लाग्न आग्रह गर्नुभयो । उहाँले निर्माण कम्पनीलाई समयमै आफ्नो काम सम्पन्न गर्न समेत आग्रह गर्नुभयो ।

धरान उपमहानगर प्रमुख राईले धरान उपमहानगरपालिको नगर गौरवको योजना अन्र्तगत जल्पा रोडको शुभारम्भ गरिएको बताउनु भयो । उहाँले ठेकेदारले आफ्नो जिम्मेवारी असल नियतका साथ निर्वाह गर्नुपर्ने बताउँदै अरु समस्याहरु ठेकेदार, कन्ट्रयाकटरलाई सहजिकरण गर्न गाह्रो हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुलाई त आफ्नो कामसँग मतलब हुन्छ, जति हामिले सहजिकरण गर्दियौ, त्यति नै कामको दायरा चाडोचाडो अघि बढ्छ ।’ उहाँले एक वर्षको काम तीन चार महिना अगावै सम्पन्न भयो भने उपभोक्तालाई नै फाईदा पुग्ने बताउनुभयो । ‘चाँडो निर्माण हुनुपर्छ भन्ने उपभोक्ताको, वडाको र उपमहानगरपालिकाको हुन्छ, तर, त्यसका लागि सानातिना समस्या आयो भने हामिले सहजिकरण गर्दिन पर्यो, त्यो काम कन्ट्रयाक्टरले गर्दैन, हामि उपभोक्ताले गर्दिने हो, स्थानीय तहले गर्दिने हो’ उहाँले भन्नुभयो । उहाँले ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।

वडाध्यक्ष आशा कुमार श्रेष्ठले उक्त सडक ८ वर्ष अगाडी बनेको बताउँदै त्यहाँदेखि यता बाटो नबनेको बताउनुभयो । जल्पा रोड अन्र्तगत मानिसहरुलाई आवतजावत गर्न समस्या हुने गर्दथ्यो । अहिले पनि समस्या कायमै छ । सडक तथा ढल निर्माणको कार्य समय मै सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफ्नो वडामा जनप्रतिनिधिको हैसियतले गर्नु पर्ने काम गरिरहेको उहाँले बताउनुभयो । बाटो निर्माणमा वादविवाद नहोस् भनेर सहजिकरण गर्नका लागि सात जनाको समिति समेत गठन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x