धरान । फागुन ८ गते धरान १५ निराजन मार्गमा अबस्थीत सामाजिक संस्था निराजन बस्ती कल्याण समाज को नबौ बार्षिक साधरण सभा तथा अधिबेशन सम्पन्न गर्न लागेको अवसरमा निराजन बाल क्लब ले अन्तर समूह हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ।
कक्षा ३ देखि ९ सम्मका बालबालिका हरु को सहभागिता रहेको प्रतियोगितामा ६ वटा समूह रहेका थिए। प्रतियोगितामा कुशल अधिकारी, रोनाल मगर, कुशल मगर,अनमिका राई राई को समूह प्रथम साजन राई, मेनीहाङ्ग राई, पदम गुरुङ्ग, सुगम को समूह दोस्रो रोदिना राई, लहना लिम्बु, आयुस सेवा, कबिता लिम्बू को समूह तेस्रो भएको थियो साथै बिजेता समुहलाई पुरस्कार प्रदान गरिएको थियो।क्लबकी अध्यक्ष प्रसना गुरुङ्ग को अध्यक्षता निराजन बाल बिकास केन्द्र व्यवस्थापन समितीकी अध्यक्ष सावित्री इवाराम को प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा निराजन बस्ती कल्याण समाजका सचिव लोकराज निरौला लगाएतको उपस्थीती रहेको थियो। प्रतियोगिताको संन्चालन क्लबको उपाध्यक्ष सुदिप बोहोरा सचिव रोनिशा बजगाई, बिबेक बि क ले गरेका थिए।
कार्यक्रमलाई निराजन बस्ती कल्याण समाज बाट ४ हजार गणेश कुमार इवाराम र सावित्री इवारामले १ हजार आर्थिक सहयोग गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x