चतरा (संगम बिष्ट) । पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र कार्कीले निर्वाचन क्षेत्रमा कायपलट गर्न थालेका छन । निर्वाचन क्षेत्रमा आफ्नो मदतदातालाई बोलेको बोेलेको कुरा पुरा गर्न थालेका हुन । निर्वाचन क्षेत्र लक्षित नयाँ बिकासका योजना सार्वजनिक गरेका छन् ।

प्रमुख प्रतिपक्ष दलको नेता भए पनि, निर्वाचित भएको साढे ३ बर्षमा मतदाताहरु माझ आएर स्थानियको आवश्यता बुझि बिकासका योजना ल्याई रहेका सुनसरी क्षेत्र नं ४ मा हाई हाई बन्न पुगेका छन् ।

कोसि गाउँपालिका -२ देखि वडा नम्वर -३ सम्मको ग्रामीण सडक कालोपत्रे हुने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कार्की पहलमा सडक बिभागको योजनामा उक्त सडक कालोपत्रे हुने भएको हो । कार्कीको भनाई उद्रित गर्दे सुनसरी क्षेत्र नं ४ का युबा नेता तेजबहादुर गुरुङ्गले भन्ने कोसि गाउँपालिकाको फुल चौक नजिकै सदान्न मण्डलको घर अगाडिबाट निर्माण हुन्ने सडक
बाबुजी साहाको घर हुँदै कोसि टप्पु, गल्फरीया , शिब चौक, कटान सडकसम्म करिब १३ किलोमिटर सडक कालोपत्रे हुनेछ । यसकालागि २५ करोड बजेज सडक सडक बिभाग मार्फत केन्द्रीय योजनामा परेको र चाडै बोलपत्र आव्हान हने गुरुङ्गले जानकारी दिए । योजना सर्बे भने भइसकेको छ ।

यस अगाडि कार्कीकै पहलमा रामधुनि ४ पैढारदेखि ,, बराहक्षेत्र नगरपालिका वडा नं ८ को कुटिहुदै जितपुर वराहक्षेत्र ६ को चक्रघट्टिको बर्सपार्क , रागा चौक , बुधवारे चौक हुँदै कोशी जानेबाटो ढाकुरबारी सम्म र कालि मन्दिरबाट खानेपानी सम्म र आइतवारे हुदै बुधवारे सम्म कालोपत्रे सडक निर्माणको लागि सहरि विकास मार्फत बोलपत्र आव्हान समेत भइसकेको छ ।

अबको बाँकी समय सुनसरी क्षेत्र नम्बर ४ को बिकासमा खर्चिने भनेर प्रतिज्ञा गरेका माननीय कार्कीले चक्रघट्टी तथा वराहक्षेत्रलाई स्माट सिटि बनऊन समेत सदन मार्फत सरकार समक्ष माग गर्दै आइरहेका छन् । बिद्यार्थीहरुलाई पुस्तक त कहिले जाडोकालागि न्यानो कपडा ल्याएर स्थानिय मतदाताहरु माझ भेटघाट गर्न आउने कार्कीले बिभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुको संगको सहकार्यमा नयाँ बिकासका खाकाहरु कोरिरहेका छन् । भन्ने उनकै पहलबाट वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा रहेको श्रीलंका टप्पुमा बिजुली बत्ति समेत पुगेको छ ।

निर्वाचन क्षेत्र बिकास कोष अन्तरगत निर्वाचन क्षेत्रको बिकासमा खर्चिएका कार्कीले निर्वाचन क्षेत्र बिकाश अन्तरगत शिक्षा, स्वास्थ्य , खेलकुद जस्ता पक्षमा गरेको कामले कार्की अहिले आफ्नो निर्वाचन क्षेत्रमा मात्र हैन सुनसरीमै हाईहाई पुगेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x