धरान । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिएपछि बाँकको नेपालगञ्ज उपमहानगरपालिकामा आज रातिदेखि १५ गतेसम्मको लागि लकडाउन घोषणा गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लकडाउन घोषणा गरेका हुन् ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x