काठमाडौं । कोरोना खोप अभियानअन्तर्गत देशभर आज (शुक्रवार)सम्ममा एक लाख ७१ हजारभन्दा धेरै नागरिकले खोप लगाएका छन् ।

शुक्रवार बेलुकीसम्म ७७ जिल्लाका दुई सय एक खोप बुथबाट एक लाख ७२ हजार चार सय ८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नौ सय ४२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नौ जनाले खोप लगाएका छन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोप यही माघ १४ गतेदेखि अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । पहिलो चरणको खोप अभियान शनिवार (भोलि) सकिने मन्त्रालयले जनाएको छ । दोस्रो चरणसम्बन्धी जानकारी चाँडै उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x