वराहक्षेत्र । नेपाली कांग्रेसके केन्द्रीय सदस्य तथा बिगठित प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको संयोजनमा वराहक्षेत्र १० नम्बर वडा कार्यलयलाई अक्सिजन कन्सटेटर उपलब्ध भएको छ । २ लाख ५० हजार मूल्य बरावरको उक्त कन्सटेटर बुधवार एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर वडा नं १० का अध्यक्ष महेन्द्र बहादुर खत्रीलाई प्रकासपुर युवा जमातका अध्यक्ष समेत रहेका नेपाली कांग्रेस वराहक्षेत्र १० का सह- सभापति तेजबहादुर गुरुङले हस्तान्तरण गरेका छन् ।

प्रकासपुर युबा जमातको पहलमा स्थानिय राधा कट्वाल र मोरङ – सुनसरी सेवा समितिले उपलब्ध गराएको ४० लिटरको अक्सिजन सहीतको ५ थान सिलिन्डर , ३ थान अक्सिजन रेगुलेटरलाई परिचालन गरि वडावासीलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने उदेश्य राखेर युवा जमातको अनुरोधमा नेपाली कांग्रेसका नेता , निर्वाचित सासद समेत रहेका पुर्ब अर्थ मन्त्रीको संयोजकमा सोयर एक्सन हङकङबाट अक्सिजन कन्सटेटर प्राप्त भएको युवा जमातका अध्यक्ष गुरुङले बताए ।

साबिक प्रकासपुरमा सबै घरमा सेनिटाइज र संक्रमितलाइ हौसला प्रदान गर्न कार्य हालसम्म पनि निरन्तर रहेको जमातका अध्यक्ष गुरुङ्गले बताए । वडामा रहेको भोलु बिष्टको चौतारौ देखि झागड टोलसम्मको ग्रामिण सडकलाइ कालोपत्र गर्ने बजेट समेत कांग्रेस नेता तथा सासद कार्कीको पहलमा छुटिएको र चुडामणि चौक देखि मधुवनसम्मको सडक समेत कालोपत्रे गर्ने हामी सबै लाग्नु पर्ने तथा वडामा १५ सैयाको अस्पताल बनाउन वडा अध्यक्ष खत्रीलाई पहल गर्ने जमातका अध्यक्ष गुरुङले आग्रह समेत गरे ।

वडा कार्यलयको व्यवस्थापनमा र संरक्षणमा रहेर बिरामीहरुलाई अक्सिजनको उपलब्ध गराउन सामाग्री सहयोग जमातले गरिरहेको र यो कार्य भावि संन्ततिलाई प्रेरणा वन्ने जिकिर वडाध्यक्ष खत्रीले गरे । उनले सबै मिलेर वडाको बिकासमा हातेमालो गर्ने आफु कहिले बाधक नबनि संयोजकको भुमिका निर्वाह गर्ने उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x