धरान । नेपाली कांग्रेस सुनसरीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आफ्नो भवन उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमितको उपचार गर्न तथा आइशोलेशन निर्माणका लागि कांग्रेस सुनसरीले आफ्नो पार्टी कार्यालय उपलब्ध गराउन लागेको जानकारी नेपाली कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नं. १ का विपक्षी दलका नेता राजिव कोईरालाले जानकारी दिए । कोरोनको दोश्रो लहरले आक्रान्त बनाईरहेका बेला नेपाली कांग्रेस सुनसरीले आफ्नो पार्टी कार्यालय आइशोलेशनका लागि दिने निर्णय गरेको सभापति राजिव कोइरालाले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारका प्रयास शुन्यप्राय रहेको र आर्थिक रुपले प्रदेश सरकार गम्भीर संकटमा फसेको आरोप लगाउदै कोरोना नियन्त्रण तथा रोकथामका लागि ठोस कदम चाल्न नेता कोईरालाले प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दै आएका थिए । विगतमा कोशि फुटेर जनता घरबारबिहिन हुँदा पनि नेपाली कांग्रेस सुनसरीले कोशी पिडित जनताको बसोबासको व्यवस्था नहुन्जेल आफ्नो पार्टी कार्यालय उपलब्ध गराएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x