धरान, २० भदौ । नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबलको दोस्रो खेल हुने भएको छ । आज दशरथत रंगशालामा साँझ साँढे ५ बजे खेल सुरु हुनेछ ।घरेलु दर्शकमाझ नेपालले यसअघि बराबरी खेलेको थियो । नेपाली खेलाडीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । फिफा वरियतामा आफूभन्दा माथि रहेको टोलीसँग नेपालले आज जितका लागि रणनीति तय गरेको छ ।

पहिलो खेलबाट उत्साही नेपाली टोलीले आजको खेलमा आक्रामक रणनीति लिने भएको छ । आजको खेल जितेमा नेपालले ८ वर्षपछि भारतविरुद्ध जित हुनेछ । पछिल्लो पटक २०१३ को साफ च्याम्पियनशिपमा नेपालले भारतलाई पराजित गरेको थियो ।-

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x