धरान । धरानको डुकु होटलबाट करणी आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई अदालतले पुर्पक्षको लागि थुना पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत सुनसरीका न्यायधिश टिकेन्द्र दाहालको इजलाशले आज यादवलाई पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । उनले भने,‘माननीय न्यायधिश टिकेन्द्र दाहालको इजलाशले छुनछेक आदेशबाट पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएको छ ।’

अदालतको आदेश पछि यादव झुम्कास्थित क्षेत्रीय कारागार चलान भइसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, ‘अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएपछि झुम्का कारागार पठाइसकेका छौं ।’

यादव गत बैशाख ८ गते धरान १३ स्थित कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा सञ्चालित डुकु होटल एण्ड लजबाट पक्राउ परेका थिए । एक १७ बर्षीया नाबालिकासँग पक्राउ परेका यादवलाई जर्बजस्ती करणीको मुद्दा दर्ता भएको थियो । इटहरीमा बस्दै आएकी ती नाबालिकालाई यादवले जागिर दिलाइदिने प्रलोभनमा धरान ल्याएर डुकु होटल पुर्याएका थिए । आफुलाई वियर पिलाएर यादवले जर्बजस्ती गरेको पीडितले वयान दिएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x