धरानः दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न धरानमा लकडाउन कडा पारिएको छ ।
धरान सवारी चेकिङमा चाप, सवारीलाई ‘होल्ड’ गरेर , तीनकुनेमा नाकामा कडाइ, ११ बजेदेखिहिँडडुलमा समेत रोक्दैे धरान प्रहरीले छाताचोकदेखि तीनकुनेसम्म प्रहरीले सुरक्षमा कडा गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले सवारी चेकिङ बढाइएको र आवतजावतमा समेत रोकावट गरिएको जानकारी दिए । ‘११ बजेअघि सर्वसाधारणको किलमेल भयो, ११ बजेपछि अनावश्यक हिँड्नेलाई नियन्त्रणमा लिएर राख्न थालेका छौं ।’ उनले भने, ‘सवारी चेकिङ साथै सवारीलाई पनि कडाइ गरिएको छ ।

बिहान ११ बजेसम्म लकडाउन केही खुकलो भएपनि ११ बजेपछि झनै कडा बनाइएको छ । बिहान ११ बजे अत्यावश्यक सामग्री खरिद गर्न आउनेका लागि केही सहज भएपनि ११ बजेपछि प्रहरी लागेर झनै कडाइ गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख १६ गते राति १२ बजेदेखि गते निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । तर संक्रमण अझै बढ्न थालेपछि लकडाउन नै घोषणा गरिएको प्रशासनले जनाएको छ । धरानमा गत वर्षको चैत यता लगभग १० पटकभन्दा बढी लकडाउन, बन्दाबन्दी र निषेधाज्ञा जारी भइसकेको स्वास्थ्य महाशाखा प्रमुख मेहता बताउँछन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार धरानमा वैशाखयता मात्रै ३०० भन्दा बढीमा संक्रमण भइसकेको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा श्वासप्रश्वासमा समस्या, अक्सिजन लेभलमा समस्या, दिमागमा असर, छातीमा समस्या, ओंठमा समस्या हुने पाइएको विज्ञहरुको दाबी छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x