वराहक्षेत्र(✒संगम बिष्ट) वराहक्षेत्रमा शनिबार नेपाली कांग्रेस वराहक्षेत्रको टोली पोष्टिक तत्ब बोकेर सक्रमितलाई भेट्न आइसोलेशन पुगेको छ । यस अगाडि सोमबार पनि सोही टोलि आइसोलेशनमा पुगेर सक्रमितको स्वास्थ्य अवस्था बारे जानकारी लिएको थियो ।

गत सोमबारदेखि अभियानको रुपमा सक्रमितको घर-घर पुगेर सेनिटाइज र पोष्टिय युक्त समाग्री बितरण गर्दै आएको टोलीले वराहक्षेत्र ७ स्थिति सप्तकोशि बहुमुखी क्याम्पसमा नगरपालिकाले तयार पारेको आइसोलेशनमा पुगेर १२ जना सक्रमितहरुलाई जेवनप्रास, स्याउ , सेनिटाइजर र माक्स बितरण गरेको अभियानका संयोजक रमेश कार्कीले बताए । यस अगाडि गत सोमवार आइसोलेशनमा पुगेर ८ जना सक्रमितलाई जेवनप्रास, स्याउ , सेनिटाइजर र माक्स बितरण गरेको थियो ।

कोरोना नियन्त्रण गर्न नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु व्यवस्थापन तथा परिचालन समिति नै गठन गरेर लागि परेका छन् । नगर भित्रका स्वास्थ्य संस्था , प्रहरी कार्यलय, सार्बजनिक स्थान लगाएत ६ दिनमा १ सय भन्दा बढि सक्रमितको घर- घरमा पुगेर सेनिटाइज समेत गरेको र यो अभियनान निरन्तर रहिरहने अभियानका सदस्य सन्तकुमार राईले बताए ।

गत सोमवार नेपाली कांग्रेसका क्षेत्र नं ४ सचिब रमेश कार्की संयोजक , नेपाली कांग्रेस किरात राई संघ सुनसरी सभापति सन्तकुमार राई , नेपाली कांग्रेस वराहक्षेत्र नगर सह- सभापति रत्न राउत लगाएत वडामा रहेका महा- समिति, जिल्ला सदस्य , क्षेत्रिय सदस्य , भातृ संघ सभापति , वडा कार्य समितिका सभापति , पदाधिकारी सदस्य रहेने गरि नेपाली कांग्रेसले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति गठन गरेको थियो ।

अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ ।

वराहक्षेत्रमा हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ७ पुगेको छ । भने १ सय ९६ भन्दा बढि सक्रमित भएका छन् जसमा । ४१ जना कोरोना जित्न सफल छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x