धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान २ की ४० बर्षीय एक महिला छिन् भने सप्तरीकी ६० बर्षीय वृद्धि छिन् । प्रतिष्ठानका अनुसार धरान २ की ४० बर्षीय महिलाको राती साढे १ बजे मृत्यु भएको थियो । उच्च रक्तचापको विरामी पनि रहेकी उनलाई जेठ ५ गते संक्रमण पुष्टि भएको थियो भने १० गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरि, तिरहुत ३ सप्तरीकी ६० बर्षीय वृद्धको पनि गए राती ११ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई जेठ ६ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक दुवैको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x