इटहरी (तेजबहादुर बन)। २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न निषेधित क्षेत्र घोषणा गरेपनि कार्यानवयनमा जटिल्ता उत्पन्न भएको कारण देखाउदै असफल देखिएको योजना पुनःसोमबारबाट लागु गरिएको छ ।

प्रदेश एकको १४ वटै जिल्लामा साना एवम ठुला सवारी साधनहरूले तोकिएको स्थानमा हर्न बजाउन नपाउने र बजाइ हाले दण्ड जरिवाना सहित सो अभियानलाइ पुनःसञ्चालनमा ल्याइएको छ । यो संगै प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले हर्न निषेध अभियानलाइ थप सफलता दिलाउन सवारीचालकहरूलाइ शिस्ट्रचार ब्यवहार र नमस्कार शैलि पनि अघि बढाएको छ ।
अभियानलाइ सार्थकता दिलाउन बाधक बनिएका चुनौतिहरूको सामना गर्दै प्रदेश एकमा कडाइका साथ योजना कार्यानवयनमा ल्याउने एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुमन तिम्सिनाले बताए ।

प्रहरीले पुन सुचारू गरेको अभियानलाइ नटेर्ने सवारी चालकहरूलाइ भने सवारीभित्रै नमस्कार गरेर सम्झाउने र फेरी पनि अटेर गरे उचित जरिवाना तिराउने उनले बताए । अभियान कार्यानवयनको दोश्रो दिन एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सुनसरीको बिभिन्न स्थानमा अनुगमन र चेकिङ गरेको थीयो । सोहि क्रममा इटहरीको खनारस्थित निषेधित क्षेत्रमा हर्न बजाउदै सवारी गुडाउने चालकहरलाइ सवारी रोक्न लगाइ नमस्कार गरेर सम्झाएको र एक पटक चेतावनि दिदै छाडिएको थीयो । करीब एक घण्टा गरिएको सवारी चेकिङमा अधिकांस मोटरसाइकल चालकहरूले हर्न बजाएको भेटिएको थीयो भने सार्वजनिक यातायातका सवारीहरूले पनि हर्न बजाएरै राजमार्गमा गुडाएका थीए ।

हर्न निषेधित क्षेत्र तोकिएका स्थानमा बृन बजाउने चालकहरूलाइ सवारी रोक्दै नमस्कार गरेर अभियानबारे प्रहरीले सचेतना जगाएको थीयो भने अभियानलाइ समर्थन जनाउदै सवारी गुडाउने चालकहरूलाइ स धन्यवाद ज्ञापन गरिएको थीयो । यता हर्न निषेधित अभीयानलाइ टुंगोमा पुर्याउन एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रदेश एकको १४ वटै जिल्लामा नियमित चेकिङ र कडाइका साथ कार्यानवयनमा ल्याउने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x