धरान । बकर ईद मुस्लिम समुदायको एक महान पर्व हो । धरानका मेयर तिलक राईले ईस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ‘ईद ऊ अजहा’ अर्थात् ‘ईद उल अजहा’ (बकर ईद) को अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

मेयर राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ईस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ‘ईद ऊ अजहा’ अर्थात् ‘ईद उल अजहा’ (बकर ईद) को अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम समुदायका आमाबुबा, दिदिबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

मेयर राईले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको उच्च जोखिमबाट जोगिन र सावधानीपूर्वक रहि, सामाजिक दुरि कायम राखी आ-आफ्नो परिवारबिच शान्त वातावरणमा ‘बकर ईद’ पर्व मनाउन समेत अनुरोध गर्नुभएको छ । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्वपूर्ण मानिन्छ । बकर ईद पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी पर्वले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु,’ विज्ञप्तिमा उल्लेख छ ।

‘बकर ईद’ पर्वले सबै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत धरान निर्माणको दिशामा अगाडि बढ्न समेत मेयर राईले आग्रह गर्नु भएको छ । मेयर राईले ‘बकर ईद’ पर्वले सम्पूर्ण जातजाति तथा धर्मालम्वीहरुमा एकताको सन्देश दिन सफल हुने विश्वास प्रकट गर्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x