चतरा । नेपाल शिक्षक संघ वराहक्षेत्र नगर समितिले सोमबार तेस्रो प्रतिनिधि सभा सम्पन्न गरेको छ । चतरा स्थित जगद गुरु पिठको सभा हलमा आयोजना भएको कार्यक्रममा शिक्षक संघमा आवद्ध शिक्षकहरुको उपस्तिथि रहेको थियो ।

शिक्षक संघका सुनसरीका अध्यक्ष बेणुप्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा नेपाली कांग्रेसका राज्य प्रशाशन विभाग सदस्य बाबुराम बिष्ट, नेपाली कांग्रेस नगर सभापति नारायण नेपाल, शिक्षक संघका नेता बालकृष्ण अधिकारी, सारदा नेपाल, रमेश काफ्ले, ज्ञानबहादुर पाण्डे लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक संघ वराहक्षेत्रका अध्यक्ष कृष्ण गुरागाईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरी सचिब देबनारायण यादवले विधान बारे प्रष्ट पारेका थिए । शिक्षक संघ वराहक्षेत्रका सदस्य उदय ठटालले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षक राजेन्द्र बस्नेत सहित दुई दर्जन शिक्षक नेपाल शिक्षक संघमा प्रवेश गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x