धरान । सुनसरीमा हुँदै गरेको बालविवाह रोकी जिल्ला प्रहरी कार्यालय सुनसरीले बालविवाह गर्ने र विबाह गराउने मण्डपबाटै पक्राउ गरेको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाक अनुसार पक्राउ पर्नेमा बेहुला २६ वर्षीय मिथिलेश पाल र बाल विबाह गराउने बेहुलाको नाताले सानो वुबा पर्ने देवानगंज .५ बस्ने फूलचन पाललाई विबाह मण्डपबाटै पक्राउ गरीएको हो ।

एसपी थापाका अनुसार बेहुलाको सानो बुबा फूलचनको घरमा २६ बर्षीय मिथिलेश र देवानगंग गाउँपालिका १ का रमानन्द पालकी छोरी कल्पना कुमारी पालको विवाह भइरहेको थियो । बेहुली कल्पनाको उमेर १८ वर्ष ८ महिना १० दिन मात्र पुगेको थियो । उनको बालविवाह भइरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बाल विवाह रोकेको थियो भने बेहुला र उनको सानो बुबा फुलचनलाई मण्डपबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नेपालमा २० बर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने कानुनी व्यवस्था छ । २० बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। पक्राउ परेका दुवैलाई मुलुकी अपराध सहिता २०७४ को परिच्छेद ११ को विबाह सम्वन्धि कसुरको दफा १७३ अनुसार कारबाही प्रक्रिया अघि बढेको छ । दुवैलाई बाल विबाहमा जिल्ला अदालतबाट मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x